Techie IT
Wednesday, February 5, 2025 | बुधबार, माघ २३, २०८१
२०८१ माघ २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत

सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत

अध्यादेश अन्योलमा, जसपा निर्णायक


काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशको भविष्य राष्ट्रिय सभाको अंकगणितमा निर्भर देखिएको छ । प्रतिनिधिसभामा एमाले र कांग्रेस सत्ता गठबन्धनको प्रस्ट बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत छैन ।

अध्यक्षसहित ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्याउन ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् । विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । अध्यादेशको आयु लम्बिने वा सकिने भन्नेमा ३ सिटको जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव दुवै सदनमा प्रस्तुत गर्नुपर्छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाले प्रस्ताव स्वीकृत गरेमा मात्र अध्यादेशको बाँकी प्रक्रिया अगाडि बढ्छ । दुई सदनमध्ये एउटाले अस्वीकृत गरेमा पनि अध्यादेश निष्क्रिय हुने संविधानको धारा ११४ मा उल्लेख छ । अध्यादेश स्वीकृत भएमा सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्नेछ ।

प्रतिस्थापन विधेयक संसद् अधिवेशन सुरु भएको मितिको ६० दिनभित्र दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सुरुमै अस्वीकृत भएमा अध्यादेश स्वतः निष्क्रिय हुनेछ । हिउँदे अधिवेशन यही माघ १८ देखि सुरु भइसकेको छ । जसपा नेपालले प्रतिनिधिसभा सदस्य राजकिशोर यादवको संयोजकत्वमा अध्यादेश अध्ययन कार्यदल गठन गरिसकेको छ ।

कार्यदलले अध्यादेशबारे विज्ञसँग सल्लाह गरेर मंगलबार बस्ने संसदीय दलको बैठकमा सुझाव पेस गर्नेछ । पार्टी बैठकमा भने नेताहरूले सबै अध्यादेश अध्ययन नै नगरी स्वीकार गर्न नहुने धारणा राखेका थिए । अध्यादेशमा गरिएका व्यवस्थाको गुण र दोषका आधारमा मात्रै स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने निर्णय लिनुपर्ने जसपा नेपालका नेताहरूको भनाइ छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा गरिएका व्यवस्थामा जसपा नेपालका नेताहरूले आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाको माघ २४ को बैठकमा ‘अध्यादेश स्वीकार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावना छ । सोही बैठकमा सांसदहरूले दर्ता गराएका अस्वीकार प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत हुनेछन् । जसपा नेपालले अध्यादेश अस्वीकार गर्ने निर्णय लिएमा राष्ट्रिय सभामा पक्ष र विपक्षमा बराबर मत हुनेछ । त्यस्तो अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णायक भोट हाल्नुपर्ने अवस्था आउन सक्छ । प्रस्तावमा ध्वनि मतका आधारमा निर्णय गरिने भए पनि सभाका अध्यक्षलाई बराबरी मत रहेको लागेमा वा कुनै सांसदले मत विभाजन मागेमा मत विभाजनको प्रक्रियामा जानुपर्छ ।

राष्ट्रिय सभामा ६ अध्यादेश अस्वीकार गरियोस् भनेर माओवादी र एकीकृत समाजवादीका सांसदले प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय सभामा एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अध्यादेश अस्वीकार गर्ने जनाएको छ ।

अध्यादेशको विपक्षमा प्रतिनिधिसभामा ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकार प्रस्ताव दर्ता भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना

पूर्वउपराष्ट्रपतिको कमब्याकले माओवादीमा तनाव: पुनको पक्षमा जनार्दन, नारायणकाजीको असहमति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने कि नबनाउने भन्नेबारे नेकपा (माओवादी केन्द्र) भित्र मतभेद देखिएको छ । सोमबार अध्यक्ष

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे…

सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै

देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी गरेका छन्

किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के…

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि

विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१…

काठमाडौं । पछिल्लो समय नेपाली उपभोक्ताको विद्युतीय सवारीसाधनप्रति लोभलाग्दो ढंगमा आकर्षण बढिरहेको छ । तथांकअनुसार पछिल्ला तीन वर्षमा विद्युतीय गाडी

Techie IT