Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रपाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

दश हजार ३ सय ४८ लाभान्वित हुने


चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ गते सम्म राष्ट्रिय अभियानको रुपमा संचालन हुने भएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई खोप कार्यक्रममा सहभागी गराईने छ । साथै विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्षका किशोरीहरुलाई खोप दिइनेछ ।

पाठेघरको मुखको क्यान्सरबाट दैनिक नेपालमा चार जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । भविष्यमा हुनसक्ने जोखिम न्यूनिकरणको लागि एचपिभी खोप अभियानकै रुपमा दिन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिए ।

सिन्धुपाल्चोकमा माघ २२ बाट खोप सुरु भई माघ २९ गते सम्म संचालन हुनेछ । कतिपय स्थानीय तहले भने माघ २९ अगाबै खोप संचालन सम्पन्न गर्नेगरी खोप तालिका निर्माण गरेका छन् ।

खोप सेवा संचालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खोप केन्द्रमा परिचालित हुनेछन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले खोप केन्द्र व्यवस्थित रुपमा सञ्चालन गरि लक्षित उमेरका सबैलाई समेटिने गरि खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरीले जानकारी दिए । बलेफी गाउँपालिकाले खोप केन्द्र निर्धारण गरेको छ । गाउँपालिकामा सोमवार भएको अभिमुखिकरण तथा पालिका स्तरीय खोप समन्वय समितिको बैठकले केन्द्र निर्धारण गरी माघ २२–२५ खोप तालिका निर्माण गरी आवश्यक तयारी पूरा गरेको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारि दिए ।

जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सिन्धुपाल्चोक जिल्लामा विद्यालय वाहिर रहेका ८० जना सहित कूल दश हजार ३ सय ४८ जना किशोरीहरुमा खोप लगाईने छ । चौतारा साँगाचोकगढी नगारपालिकामा १५४०, मेलम्ची नगरपालिकामा १७४५, बाह्रविसे नगरपालिकामा ९५७ जनामा खोप सेवा संचालन गरिने छ ।

त्यस्तै ईन्द्रावती ९९९, जुगल ८३३, त्रिपूरासुन्दरी ५३६, पाँचपोखरी ९१५, बलेफी ६५८, भोटेकोशी ४७२, लिसंखुपाखर ३०५, सुनकोशी ५७३ र हेलम्बु ८१६ जनामा खोप दिईने जनस्वास्थ्य कार्यालयले जानकारि दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

Techie IT