Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रपेट्रोलियम पदार्थबाट उठ्यो ३७ अर्ब राजस्व

पेट्रोलियम पदार्थबाट उठ्यो ३७ अर्ब राजस्व


वीरगञ्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । चालु आवको छ महिनामा रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर ९एटिएफ० आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब खाना पकाउने ग्यास किन्न नागरिकता देखाउनुपर्ने

काठमाडौं । अब खाना पकाउने एलपी ग्यास किन्न पनि नागरिकता देखाउनुपर्ने भएको छ । किनिक, आयल निगमले घरमा प्रयोग गरिने

देशको अर्थतन्त्रमा देखिन थाल्यो सुधारको संकेत

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा बढी रहने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

निजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर

आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव

ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा

काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो

सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति

Techie IT