Techie IT
Saturday, April 19, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रयुरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर

युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर


काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने विद्यार्थीलाई विभिन्न सहुलियतको घोषणा गरेको छ ।

नयाँ वर्ष २०२५ को अवसर पारेर डेनमार्क, नेदरल्यान्ड, स्विेडन, फिनल्यान्ड, माल्टा, फ्रान्स लगायतका सेन्जेन मुलुकमा पढ्न जान चाहने विद्यार्थीहरुको एप्लिकेसन र भिसा सहजीकरणको सेवा शुल्कमा वेदान्त कन्सलटेन्टले ३० प्रतिशत सम्मको छुट दिने भएको छ । यस्तै, ३ जिपिए भन्दा बढी पहिलो एप्लिकेशन गर्ने १५ जना विद्यार्थीलाई विभिन्न युनिर्भसिटीको एप्लिकेशन फिमा ५० प्रतिशत सम्म छुट दिने भएको छ । त्यस्तै वेदान्तले आफ्नो आइएलटिएस तयारी कक्षाको शुल्क पनि जनवरी महिनामा पढ्नेलाई रु २ हजार २५ मै पढाउने भएको छ ।

वेदान्त कन्सलटेन्टमा लामो समयदेखि युरोपमा बसेर अध्ययन गरेका परामर्शदाताहरुले करिअर तथा एकेडिमिक परामर्श दिंदै आइरहेका छन् । आफ्नो पति, पत्नी वा सन्तान सहित पढ्न तथा काम गर्न जान पाइने, भिसाको लागि डकुमेन्टेसनमा पनि सहज हुने तथा अफर लेटर पछि भिसा पाइने सफलता दर उच्च रहेकोले पनि नेपाली विद्यार्थीको आकर्षणमा युरोपका मुलुक पर्दै आइरहेका छन् ।

नयाँ बानेश्वर, संसद भवन पछाडिको आफ्नो कार्यालयबाट सेवा दिंदै आइरहेको वेदान्त कन्सलटेन्टमा युरोप बाहेक युके, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई समेत विभिन्न विश्वविद्यालयमा उत्कृष्ट छात्रवृत्ति तथा सहज भिसा प्राप्तीको लागि परामर्श दिइदैं आइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब खाना पकाउने ग्यास किन्न नागरिकता देखाउनुपर्ने

काठमाडौं । अब खाना पकाउने एलपी ग्यास किन्न पनि नागरिकता देखाउनुपर्ने भएको छ । किनिक, आयल निगमले घरमा प्रयोग गरिने

देशको अर्थतन्त्रमा देखिन थाल्यो सुधारको संकेत

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा बढी रहने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

निजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर

आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव

ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा

काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो

सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति

Techie IT