Techie IT
Monday, April 21, 2025 | सोमबार, वैशाख ९, २०८२
२०८२ वैशाख ९, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रधराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ

धराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास पनि दिलाए ।

‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहान्छुु’, ओलीले भने ।

हरेक क्लव र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रविलाई मुकुलले भने- दाइ पटके भइसके, टोले गुण्डाको पारा देखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका पूर्वसभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका

कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका– ९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा

राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ

काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

Techie IT