Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?


काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः तुहिएको छ । पार्टीभित्रको आन्तरिक किचलो र नेताहरुबीच प्रतिष्ठाको लडाइँ चुलिएपछि रास्वपाको उक्त आन्दोलन तुहिएको हो ।

भन्न त रास्वपाले उपनिर्वाचनमा केन्द्रित हुनेगरी आन्दोलनको स्वरुप फेरेको भनेर कार्यकर्ताको आँखामा छारो हालिरहेको छ । तर, कुनै विचार र एजेण्डाबाट प्रेरित नभएका कारण नै रास्वपाको आन्दोलन यतिछिट्टै सेलाएको हो । मूलतः सहकारी ठगी प्रकरणमा पक्राउ परेका आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भनेर जनताको मन जित्ने रास्वपाको प्रयास असफल भएको हो । यसले रास्वपाको अपरिपक्व र अदुरदर्शी राजनीतिक चरित्रलाई झन् छर्लङ्ग पारेको छ ।

प्रष्ट छ कि, रवि लामिछाने कुनै राजनीतिक आन्दोलनका क्रममा पक्राउ परेका होइनन् । रास्वपाले जबरजस्त ‘प्रतिशोध’को लेप लगाएर रवि पक्राउलाई राजनीतिक रंग दिन खोजे पनि सचेत नागरिकले पत्याउनेवाला छैनन् अर्थात् पत्याएनन् । किनकि, रवि सहकारी ठगीमा पक्राउ परेका हुन् र उनीमाथि संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । तर, रास्वपाले नीलो क्रान्तिकै नाम दिएर आन्दोलन गर्यो ।

न्यायालयलाई प्रभावित नपार्ने पनि भन्ने अनि रविलाई बयानका लागि जहाँ–जहाँ लग्यो, त्यहाँ–त्यहाँ पुगेर आन्दोलन गर्दा रास्वपालाई हेर्ने जनताको नजर विग्रँदै गएको थियो । सोही कारण रास्वपाभित्र पनि किचलो बढेको थियो । जुन कुरा बुधबारको केन्द्रीय समिति बैठकबाट छर्लङ्ग भयो ।

आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने धारणा राखेका थिए ।

केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा पार्टी सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यले सडकमा विरोध प्रदर्शनको महत्त्व कम हुने बताएका थिए ।

त्यस्तै केन्द्रीय सदस्य गणेश कार्कीले पनि सडक प्रदर्शनको पक्षमा आफू नरहेको भन्दै सामाजिक सञ्जाललगायतबाट आवाज उठाउनुपर्ने प्रस्ताव राखेका थिए । बैठकमा रास्वपाका केही नेताहरूले रवि लामिछानेमा मात्रै केन्द्रित हुने कि पार्टी निर्माणमा अगाडि बढ्ने भनी प्रश्न पनि गरेका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT