गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कुलमानले दोस्रोपटक सोधेको स्पष्टीकरणको पनि जवाफ दिएनन्, अब के हुन्छ ? कुलमानले दोस्रोपटक सोधेको स्पष्टीकरणको पनि जवाफ दिएनन्, अब के हुन्छ ? स्वर्णपत्र मंगलबार, २०८१ कात्तिक २७ गते, १२:३२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दोस्रोपटक सोधिएको ६ बुँदे स्पष्टीकरणको पनि जवाफ नदिएपछि सरकार अन्योलमा परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोधेको जवाफ नआएपछि अब कुलमानलाई कारबाही गर्ने कि नगर्ने भनेर सरकार अन्योलमा परेको हो । कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदा बाहेक सात दिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए । सरकारले यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण मागेको थियो । अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएको ऊर्जा मन्त्रालयले जनाएको छ । बुझिएअनुसार ऊर्जामन्त्री खड्का अब जसरी पनि कुलमानलाई प्राधिकरणबाट हटाउने पक्षमा छन् । त्यहीकारण आइतबार मन्त्रिपरिषदले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ झनपछि झन् उदांगिँदै रास्वपा ! ३ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली