गृहपृष्ठ ∕ मुख्यपत्र ∕ देउवाको दाबी- रविलाई प्रतिशोध साँधेर पक्रेको होइन, भीड जम्मा गर्नुको अर्थ छैन देउवाको दाबी- रविलाई प्रतिशोध साँधेर पक्रेको होइन, भीड जम्मा गर्नुको अर्थ छैन स्वर्णपत्र आईतबार, २०८१ कात्तिक २५ गते, १३:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, हाम्रा सांसदलाई मुद्दा चलाइयो । तर, हामीले कहिल्यै होहल्ला गरेनौँ । अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला नि । देउवा एक साताका लागि गृहजिल्ला सुदूरपश्चिम आएका हुन् । नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको उनले बताए । #शेरबहादुर देउवा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन निकिताले दायर गरेको रविको बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्नेमा काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको एमाले सांसद रघुजी पन्तको प्रस्ताव- संसदीय समिति बैठकमा पत्रकारलाई निषेध… काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन रविलाई मुकुलले भने- दाइ पटके भइसके, टोले गुण्डाको पारा देखियो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका पूर्वसभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका– ९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ३ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ४ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ५ जेल चलान भए रवि लामिछाने ६ संयन्त्रको बैठक राखेर शंका निवारण गर्न ओली-देउवा सहमत ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन