Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ

रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पार्टीमा आन्तरिक किचलो बढेको छ । कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद बढेको हो ।

बाहिर सहीसलामत देखिए पनि आन्तरिक गुट तथा किचलोले रास्वपा नराम्ररी ग्रस्त भएको छ । रास्वपामा कार्यवाहक सभापतिको रुपमा उपसभापति अर्यालले आफूलाई प्रस्तुत गर्न लागेपछि वाग्ले रुष्ट भएका छन् ।

पछिल्लो समय आन्दोलन जारी रहेकै बेलामा उपसभापति अर्यालले हिरासतमा रहेका सभापति लामिछानेको मुद्दा कमजोर बनाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट गरेपछि उपसभापतिद्वयबीच तिक्तता निकै बढेको हो । गत सोमबार उपसभापति अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मासँग सामूहिक सल्लाह बेगर भेटेको भन्दै वाग्ले बढी रुष्ट भएका हुन् ।

यसअघि कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तोकेको कार्यविभाजन विपरीत उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेको वाग्लेको आरोप छ । सोही केन्द्रीय समितिको बैठकले आन्दोलनको जिम्मा उपसभापति अर्याललाई दिँदै उनलाई आन्दोलन सञ्चालन मूल समितिको संयोजक बनाएको थियो भने अर्का उपसभापति वाग्लेले राजनीतिक नागरिक संवाद समितिको जिम्मा पाएका थिए । तर, केन्द्रीय समिति बैठकद्वारा गठित समितिको कार्यादेश विपरीत उपसभापति अर्यालले आफूलाई लत्याएर अन्य दलका शीर्ष नेताहरुलाई भेट गरेपछि वाग्ले रुष्ट भएका हुन् ।

प्रहरी हिरासतमा रहेका सभापति लामिछाने पनि उपसभापति अर्यालप्रति लचिलो बनेको र अघोषितरुपमा कार्यवाहक सभापतिको जिम्मा समेत उनैलाई दिइएको भन्दै वाग्ले सशंकित बनेका छन् । पार्टी गठनको सुरुवातदेखि नै साथ दिएका अर्यालप्रति सभापति लामिछाने नरम देखिएका छन् । पार्टीले सहभागिता जनाउने प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा पनि अर्याल नै सहभागी हुने गरेको र गत साता प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा पनि कार्यवाहक सभापतिको रुपमा आफैं सहभागी भएर हस्ताक्षर गरे पछि वाग्ले थप चिढिएको बुझिएको छ ।

बुझिएअनुसार उपसभापति अर्याल आन्दोलनलाई भन्दा शीर्ष नेतासहित प्रधानमन्त्रीको सदाशहायता लिएर सभापति लामिछानेलाई छुटाउनुपर्ने पक्षमा रहेका छन् भने वाग्ले सडक आन्दोलन चर्काउनुपर्ने अडानमा छन् । यसैबीच मंगलबार कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप १० दिन म्याद थपेको छ ।

कास्की प्रहरीले जिल्ला अदालतमा लैजाँदै गर्दा आन्दोलनरत रास्वपाका कार्यकर्ताले आक्रोशित भएर पोखरामा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । सभापति लामिछाने पक्राउविरुद्ध सडकमा सरकार विरोधी नाराबाजी गर्दै आक्रोश व्यक्त गरिहेको रास्वपाको आन्तरिक जीवनमा समेत संकट उत्पन्न हुन थालेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT