Techie IT
२०८१ मंसीर ६, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल विमानस्थल कार्यालयले जनाएको छ ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा सुन लुकाएको भेटिएपछि विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो

काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा

Techie IT