गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रास्वपा कार्यकर्ताले पोखरा घुमेको फोटो फेसबुकमा राखे कारबाही हुने रास्वपा कार्यकर्ताले पोखरा घुमेको फोटो फेसबुकमा राखे कारबाही हुने स्वर्णपत्र बुधबार, २०८१ कात्तिक ७ गते, १२:४२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न निषेध गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएरै घुमघामका फोटो सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै पोस्ट गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको म्यासेजमा आन्दोलनको फोटो तथा भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशन दिइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।अदालतले लामिछानेलाई शुक्रबारदेखि गणना हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिएको थियो । त्यसको विरोधमा देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान रास्वपाले सर्कुलरसमेत जारी गरेको थियो । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ५ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता