Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसंसद बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

संसद बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने


काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

संसद् सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद अमरेश कुमार सिंहले पनि विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद अजयकुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद राजेन्द्रकुमार केसीले विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सांसद सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा सांसद जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौती प्रस्ताव राख्नेछन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT