Techie IT
२०८१ मंसीर ९, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती

कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती


काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ।

संघले एक विज्ञप्ति जारी गरी सरकारले तोकेको दरमै हवाई टिकट बिक्री गरिरहेको अवस्थामा पनि महँगो दरमा बेचिएको भन्दै हुलहुज्जत गरिएको भन्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ। संघले विज्ञप्तीमार्फत हवाई सेवा संवेदनशील भएकाले यस खालका गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्ने हुँदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारका घटना निरूत्साहित गरिदिन माग गरेको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जानुका साथै सडक तथा सञ्चार सञ्जाल पूर्णविच्छेद भएका बेला यात्रु सेवामा अहोरात्र खटिइरहेको वायुसेवा कम्पनीका कर्मचारीमाथि यस्ता घटना हुनु निन्दनीय रहेको संघको विज्ञप्तिमा उल्लेख छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार  गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको

सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो

काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु दुवैजना शनिबार मात्रै नेपाल आएको खुलेको छ ।

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

Techie IT