काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सोमबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् ।
त्यस्तै एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्त पनि मन्त्री नियmु भएका छनड् । उनीहरुको भने मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुको आजै शपथ हुने बताइएको छ ।