Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार बेलुका भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT