Techie IT
Saturday, April 19, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रतिवेदनमा फरक मत राख्ने रविको प्रयास असफल, भकानिए शिशिर खनाल

प्रतिवेदनमा फरक मत राख्ने रविको प्रयास असफल, भकानिए शिशिर खनाल


काठमाडौं । बहुचर्चित सहकारी घोटलासम्बन्धी प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेले फरक मत राख्न खोजेको तर नपाएको खुलेको छ ।

घोटला छानबिनका लागि बनाइएको संसदीय समितिले संसदलाई प्रतिवेदन बुझाउनुअघि लामिछानेले फरक मत राख्न खोजेका थिए ।

समितिले प्रतिवेदनलाई अन्तिम रुप दिइरहेका बेला लामिछानेले माओवादीका नेताहरुलाई आफ्नो फरक मत राख्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । तर, माओवादीले पनि उनको प्रस्ताव अस्वीकार गरिदियो ।

त्यसपछि बाध्य भएर रास्वपाका सांसद शिशिर खनालले भकानिँदै प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । लामिछाने सहकारी रकम हिनामिनामा मुछिएकै कारण छानबिन समिति बनेको थियो ।

छानबिन समितिले लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६ वटा सहकारीबाट अवैध रुपमा ६५ करोड आएको र त्यसरी रकम आउँदा संस्थाको शेयर धनीका हिसाबले लामिछानेले पनि दायित्व बहन गर्नुपर्ने ठहर गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT