Techie IT
२०८१ मंसीर ९, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसरकारले ५७ वटा नयाँ हिमाल आरोहण खुला गर्ने, पर्वतारोहण प्रवर्द्धनमा सहज हुने

सरकारले ५७ वटा नयाँ हिमाल आरोहण खुला गर्ने, पर्वतारोहण प्रवर्द्धनमा सहज हुने


काठमाडौं । अबको एक महिनाभित्रै नेपालका आरोहणयोग्य नयाँ ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु अबको एक महिना भित्र नै खुल्ला गरिने जनाएको हो ।

विभागका अनुसार नयाँ हिमाल आरोहणको लागि खुल्ला गर्न नेपाल पर्वतारोहण संघसँग सहकार्य गरी अन्तिम प्रतिवेदन पर्यटन विभाग हुँदै पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरी सकेको छ । सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागलाई नयाँ हिमाल खोल्ने प्रक्रिया अगाडि बढाउनेका निम्ति पर्यटन विभागलाई निर्देशन दिएको थियो ।

हाल नेपालमा ४ सय १ वटा हिमाल आरोहणका लागि खुला रहेका छन् । त्यस मध्ये २७ वटा हिमालहरुको प्रमिट ९आरोहण अनुमति० नेपाल पर्वतारोहण संघले दिंदै आएको छ भने बाँकी रहेका हिमालहरुको प्रमिट पर्यटन विभागले दिंदै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT