गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अस्मिताले विष खुवाएर दुई छोरीलाई मारेको शंका, प्रहरी अनुसन्धान तीव्र अस्मिताले विष खुवाएर दुई छोरीलाई मारेको शंका, प्रहरी अनुसन्धान तीव्र स्वर्णपत्र बुधबार, २०८१ भदौ १९ गते, १३:३४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गरेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । मोरङ प्रहरीका अनुसार उनको शारीरिक अवस्था कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको प्रहरीले जनाएको छ । आमा अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले छोरीलाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ । #स्मिता कार्की तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ५ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता