Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअर्थ मन्त्रालयले डिडिसीलाई ६० करोड ऋण दिने, कृषकले पाउलान् दुधको पैसा ?

अर्थ मन्त्रालयले डिडिसीलाई ६० करोड ऋण दिने, कृषकले पाउलान् दुधको पैसा ?


काठमाडौं । कृषकले दुःख गरेर बेचेको दुधको पैसा नपाएको करिब ८ महिना भइसक्यो भइसक्यो । आफूले खाइनखाइ सरकारलाई बेचेको दुधको पैसा नपाउँदा सिन्धुपाल्चोक, काभ्रपलान्चोक, चितवनलगायत जिल्लाका कृषक अत्यन्तै पीडामा गुज्रिरहेका छन् ।

कृषकसँग किनेको दुध दोब्बर मूल्यमा बेच्दा पनि डिडिसी कसरी घाटामा गयो र सरकारले के गरिरहेको छ ? भन्ने प्रश्न पेचिलो बनेको छ । यसै परिवेशबीच अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो ।

डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । तर, यति रकमले कृषकको दुधको पैसा तिर्न पुग्दैन । किनकि, डिडिसीले कृषकलाई तिर्नुपर्ने रकम अर्बौं भइसक्यो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT