Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअधिवेशनपछि नेकपा एसमा व्यापक तनाव, पार्टी फुट्ने खतरा बढ्यो

अधिवेशनपछि नेकपा एसमा व्यापक तनाव, पार्टी फुट्ने खतरा बढ्यो


काठमाडौं । एमालेसँग चोइटिएर बनेको नेकपा एसभित्र झन्पछि झन् विवाद बढ्दो छ । पार्टी स्थापनादेखिनै सुरु भएको विवाद भर्खरै सकिएको अधिवेशनपछि त उत्कर्षमै पुगेको छ । अधिवेशनले चुनेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेकपा एसका थुप्रै नेताले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेसँगै काठमाडौँ क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन, सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायतले पार्टी जिम्मेवारीबाट राजीनामानै दिइसकेका छन् ।

यससँगै देशका विभिन्न जिल्लाका नेताहरुले पनि नेकपा एस छाडेको घोषणा गरिरहेका छन् । नेकपा एसभित्र अहिले चुनाव हारेका नेताहरु मात्र होइनन्, यसअघि केन्द्रीय सदस्यमा नपरेकाहरु पनि असन्तुष्ट छन् । एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयन गरेको हो ।

यसअघिको महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । अध्यक्ष नेपाल पक्षले पदाधिकारीमा जिताउनुपर्ने नेताहरूको नामावली बाँड्दा उनकै समूहकी रामकुमारी झाँक्री उपाध्यक्षमा हारेकी छन् ।

त्यति मात्र होइन, माधव नेपाल पक्षको चिटमा डा विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाएको थियो । पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वालाबाहेक कोही पनि परेका छैनन् । नेकपा एसभित्रको अन्तरसंघर्ष र गुटगत राजनीतिका कारण अहिले पार्टी नै संकटमा परेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT