Techie IT
२०८१ मंसीर ७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको महामन्त्री माग्दै मुकुल ढकालले दिए निवेदन

रास्वपाको महामन्त्री माग्दै मुकुल ढकालले दिए निवेदन


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यबाट समेत हटाइएका मुकुल ढकालले पार्टीमा पुनरावेदन गरेका छन् ।

महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्य रहेकोमा पार्टीबाट अनाधिकृत तबरले हटाइएको आज ३५ दिन पुग्ने भन्दै उनले पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन् ।

उनले निलम्बन गरी कारबाही गरिरहेको अवस्थामा ७ दिन पुग्नु अगावै पदमुक्त गर्ने गरी केन्द्रिय समितिले निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Techie IT