गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु स्वर्णपत्र बिहीबार, २०८१ साउन ३१ गते, १५:३९ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । सनाखत हुने भैसकेको छैन । ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिस्रिएर पुगेको थियो । अहिले दुर्घटना स्थलमा ठूलो भिड जम्मा भएको छ । भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन फर्काइएको छ भने भीडले प्रहरीको विरोध गरिरहेको छ । सो क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ । ##gathaghar #मृत्यु तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ५ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता