Techie IT
२०८१ मंसीर ९, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्र‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’

‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’


यादव देवकोटा सक्रिय टेलिभिजनकर्मी हुनुहुन्छ । उहाँ अनेसासका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघमा सदस्य हुन्हुन्छ । टेलिभिजनमा समसामयिक विषयमा बिभिन्न कार्यक्रम चलाउँदै आउनु भएका देवकोटाले पछिल्लो समय ‘नेपाल टक्स’ कार्यक्रममार्फत दर्जनभन्दा बढी अन्तरवार्तामूलक कार्यक्रम युरोपबाट प्रसारण गरिसक्नु भएको छ ।

उहाँ अहिले सामाजिक विषयवस्तुसँगै परदेशमा रहेका युवाहरुका विषयलाई लिएर नयाँ किताब प्रकाशनको तयारीमा हुनुहुन्छ । प्रस्तुत छ, जल्दाबल्दा विषयमा साहित्य र पत्रकारितालार्इ जोड्ने देवकोटासँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा स्वर्णपत्रले गरेको संवादको सम्पादित अंशः

१. अनेसासको केन्द्रमा हुनुहुन्छ र अनेसासलाई भरपुर सहयोग पनि गर्नुभएको छ । तपाई व्यस्त हुँदाहुँदै अध्ययन, लेखन र पुस्तकप्रकाशनमा कतिको मन जान्छ ?

म अध्ययनमा रुचि राख्ने व्यक्ति भएकाले समय मिलेसँगै पुस्तक पढ्ने मात्र नभइ लेख्ने पनि गरेको छु । नयाँ किताबको तयारीमा पनि छु । के आउँछ, कस्तो आउँछ भनेर चाहीँ नसोध्नुस् । भर्खर सुरु गरेको हुँ । सामाजिक विषय वस्तुसँगै परदेशमा रहेका युवाहरुका विषयलाई लिएर नयाँ किताब लेखिरहेको छु ।

२. साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाई कसरी हेर्नुभएको छ ? जीवन के हो ?

जीवन भनेको क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्रै फोकस हुनुपर्छ । जीवनका सकारात्मक सोच विचार, दया, माया, क्षमा, करुणा, ज्ञान, वद्धि र विवेकमा खुलेको हुन्छ । साहित्यले जीवनका रहस्यलाई बुझ्न सहयोग गर्छ । यस्तै साहित्यले सामाजिक सौन्दर्यका मूल मुद्दालाई जीवन र प्रकृतिसँग समन्वय गराउँछ । पुरातन सोच र चिन्तनबाट नवीनता र सिर्जनशीलतातर्फ अगाडि बढ्नेप्रेरणा प्रदान गर्दछ । यसरी प्रकृतिसँग भावना साट्न सक्नेले नै साहित्यरूपी सुन्दर उपहारको मूल्यवोध गराउँछ ।

३. तपाईंलाई जागरिलो व्यक्तित्व एवम् कार्यक्रम संचालक भनिन्छ नि ! अहिले तपाईको लेख र रचना निकै चर्चामा हुन्छ, कसरी र किन ?

एक दशक जति मैले टेलिभिजनमा बोलेरै बिताए । मलाई मेरा भन्दापनि क्यामेरा मेरा जस्तो लाग्छ । बोलेर दर्शकहरुको मन जितिरहेको जस्तो लाग्थ्यो । यसो सोचे, अब लेखेर पनि जित्न सकिन्छ कि भन्ने लाग्यो । जब म लेख्न थाल्छु तब उत्साहित हुन्छ । लेखिरहँदा मनमस्तिष्क कतै नगई शान्त र आनन्दको अनुभव हुने गर्छ । जब लेख्न थाल्छु जिवनका अनेकौं तनावहरु भुल्न पुग्छु ।

४. साहित्य, लेखन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कतिको विश्वास गर्नुहुन्छ ?

एकदमै । अध्ययन चेतनाको मूल स्रोत हो । त्यसलाई चिन्तन मननले मलजल दिन्छ र लेखनले समाजमा उजागर गर्छ । जब हामी कुनैकुरा लेख्न सुरु गछौं, त्यो भन्दा पनि बढी हामीले त्यस विषयमा अध्ययन गर्नुपर्ने हुन्छ । कुनै पनि विषयमा चिन्तन, मनन र ध्यान गरेकोअवस्थामा मात्र हामी लेख्न सक्षम हुन्छौं । यदि हाम्रो जिवन खाली खाना खाने, सुत्नेमा मात्र केन्द्रित भइरह्यो भने हामीले कुनै नयाँउपलब्धि हात पार्न सक्दैनौं । हामी अध्ययनशिल हुँदै नयाँ नयाँ विषयमा केन्द्रित हुँदै अघि बढ्नुपर्छ, जसले हामीलाई सफलताकोशिखरमा अवश्य पुर्याउनेछ ।

५. तपाईका गीत, कविता र लेख बेजोडका छन् ! कविता राम्रो लेख्न के गर्नुपर्छ ? नयाँ साहित्यकारलाई के भन्न चाहनु हुन्छ ?

मलाई कविता र लेख रचना मनपर्छ । म सकेसम्म कविता र लेखहरु धेरै पढ्ने गर्छु जसले मलाई लेख्न सहयोग गर्छ । कविता सुन्न मात्रनभई अरुका भनाइहरु बसेर सुन्दा आनन्दको आभास मिल्छ । जब म एकान्तमा बस्छु मेरा हातहरु आफै लेख्न अग्रसर भएझै लाग्छ ।त्यसैले, म नयाँ लेखकहरुलाई अरुका कुराहरु ध्यान दिएर सुन्न एवम् कविताका साथै लेख्न रचनाहरु अध्ययन गर्नुपर्छ भन्न चाहन्छु ।

साथै लेखे पनि प्रकाशन गर्न चाहि हतार नगर्नुस् भन्न चाहन्छु । लेखन भनेको विशुद्ध साधना हो जसका लागि धेरैभन्दा धेरै पढ्नुपर्छ । लेखिसकेपछि तपाईंको पहिलो पाठक तपाईं आफैं हो । तपाईंले लेखेको कुरा तपाई आफैँलाई चित्त बुझेको छ वा छैन भन्ने कुरासवप्रथम तपाईं आफैँले बुझ्नुपर्छ ।

६. तपाईले लेखन प्रेरणा कोबाट पाउनु भयो ? तपाई किन लेख्नु हुन्छ ?

मेरो लेखनको प्रेरणा श्रोत उहाँ नै हो भन्ने छैन । एक मिडियाकर्मीका रुपमा काम गरेकाले धेरै ठाँउमा घुम्ने अवसर पाए । त्यही समयमादेखिएका अनेकौं समस्याहरु उजागर गर्दा गर्दै कसरी लेख्न थाले आफैले थाहा पाउन सकिन । खासमा भन्नु पर्दा म आफू खुसी हुनु कुनैपनि विषयमा लेख्छु जुन पाठकले मन पराइदिनुभएको छ खुसी लाग्छ ।

७. खाली समय कसरी बिताउनु हुन्छ ? अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनुहुन्छ ?

समय मिलेसँगै म अध्ययन गर्दै रमाउँछु । जानेको कुरा नजान्नेलाई सिकाउँछु, नजानेका कुरा सिक्ने प्रयत्नमा हुन्छु । परदेशमा भएकाले गाउँघरमा विताएका पलहरु सम्झँदै रमाउँछु पनि ।

अनेसासले प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा, रीतिरिवाजको जगेर्ना गरोस् भन्ने चाहन्छु । यसले साहित्यको विकास, विस्तार रविश्वव्यापीकरणमा समेत सहयोग गर्दै अघि बढेको देख्न चाहन्छु । साथै नयाँ पुस्तामा नेपालीपन भुल्न नदेओस् भन्न चाहन्छु ।

८. तपाईंलाई कविता, कथा, निबन्ध र उपन्यास कुन मनपर्छ ? राम्रो लेख्न के गर्नुपर्ला ?

मलाई साहित्यका सबै विधा उत्तिकै प्यारो लाग्छ । समय मिलेसम्म र पाएसम्म सबै पढ्छु । माया प्रेमका साथै सामाजिक विषयसँग जोडिएका विषय वस्तुले मन छुन्छ । मलाई लागे अनुसार राम्रो लेख्न समाज र जीवनमा देखिएका विषयलाई सरल र सहज रूपमा उतार्नसके पुग्छ ।

९. नेपालले साहित्यिक पत्रकारितालाई कसरि हेर्नु भएको छ ? तपाई साहित्यक पत्रकारिताको कतिको विश्वास गर्नु हुन्छ ?

मलाई नेपाली भाषा साहित्यको क्षेत्र नवीन लाग्छ । साहित्य लेखेरै जिवन विताउन मुस्किल छ तर पनि लेखेर आत्मसन्तुष्टी चाहि पाउनसकिन्छ । साहित्यिक पत्रकारिताको कुरा अझै पनि नेपाली समाजले पचाएझै लाग्दैन । विकासका दृष्टीले अझैपनि पछि परेझै लाग्छ।

१०. साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

अहिले पनि नवप्रवेशिकाका लागि लेखेर बाच्न मुस्किल छ । लेखेर बाँच्न साहित्यिक कृतिको बजार बिस्तार र अध्ययन संस्कृतिकोविकास हुनुपर्छ । त्यसमाथि लेखकले लेखेका विषय वस्तु पाठकहरूले रुचाउनु पर्छ ।

११. पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल, नेपाली र अनेसासमा ?

पहिलेभन्दा पुरस्कार वितरण केही हदसम्म बढ्दो पाएको छु । त्यही पनि अपेक्षाकृत स्वच्छ र पारदर्शी भइदिए अझै राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।

१२. अन्तर्राष्ट्रिय साहित्य समाजलाई तपाइँले कसरी हेर्नु भएको छ ?

अनेसास नेपाली भाषा साहित्यको सबैभन्दा ठूलो सञ्जाल बनेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वभर छरिएर रहेका नेपाली साहित्यका अनुयायी र अनुरागी दुवैथरिका लागि एउटा साझा थलोको रूपमा पाएको छु । यसले विश्वभर रहेका साहित्यप्रेमीहरुलाई एक ठाँउमा बाधेको अनुभूति हुन्छ । तर, अब यसलाई बिकसित देशहरुमा मात्र केन्द्रीकृत नगरी नेपाली भाषा र साहित्यसंस्कृति पुगेका सम्पूर्ण देशहरुमा विस्तार गर्नुपर्छ ।

१३. भनिन्छ साहित्यले मानिसलाई आनन्दित बनाउँछ ? कसरी र किन ?

मानिस मात्र नभएर संसारमा रहेका हरेक प्राणी आनन्दको खोजीमा हुन्छ । सामाजिक प्राणी भएकाले मानवले समूहमा नै आनन्दकोमहसुस गर्छ । अहिले मान्छेहरु भौतिक सुखको पछि कुदिरहेका छन् तर आनन्दको महसुस घर परिवार साथीभाईसँग बसेर रमाउँदापाउँछौं । यस्तै साहित्य मानव जातिको पहिचान हो । आफ्नो विगत, वर्तमान र भविष्यको सुन्दर प्रतिरूप देख्ने भएकोले पनि आत्मिकभाषामा लेखिएका साहित्य र कला प्रति स्वभावतः मानिसको लगाव रहने हुन्छ जुन अन्य सुख सयलमा पाउन सम्भव छैन ।

१४. अहिले अनेसासको चुनाव नजिकिंदै छ । अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वास्तवमा भाषिक मूल्यको रक्षार्थ निर्माण गरिएको बौद्धिक संगठन हो । यसमा भाषा साहित्यको उत्थान मूल रूपले जोडिएर आउँछ । यसको नेतृत्व मूलतः सिर्जनात्मक ज्ञान भएको, विनयी, समभावी र सांगठनिक कुशलताले ओतप्रोतहुनु पर्दछ । यो प्राज्ञिक अनुशासनले चल्ने संगठन भएकाले बृहत् रूपले सबै शाखालाई आफू मर्यादामा रहेर परिचालन गर्न सक्ने खुबी भएको नेतृत्व आउनु पर्छ ।

१५. अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

लेखकका लागि पाठकको प्रतिक्रिया नै सबैभन्दा उत्तम सम्मान र पुरस्कार पनि हो । पाठकहरूले पढेर लेखकलाई सुझाव दिनुपर्छ जसले गर्दा लेखकले के कस्तो लेख्दा पाठकको मनमा बस्न सकिन्छ भन्ने थाहा पाउँछन् भने पाठकहरूले पनि आफ्नो रुचिको विषय वस्तु पढ्नेअवसर पाउँछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT