गृहपृष्ठ ∕ मुख्यपत्र ∕ तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन स्वर्णपत्र आईतबार, २०८१ साउन २० गते, १०:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएको छ । लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न निर्देशन दिएको हो । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाड्न निर्देशन दिएको हो । बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरानले इजरायलसँग कडा प्रतिकार गर्ने बताएको थियो । बेरुतमा हेजबुल्लाहका कमान्ड फाउद शुकर मारिएको केही घण्टामै हानियाको हत्या भएको थियो । लेबनानमा रहेको हेजबुल्लाहले हत्याको प्रतिकारमा ठूलो भूमिका खेल्न सक्ने र इजरायलले पनि गम्भीरतापूर्वक यसको जवाफी हमला गर्नसक्ने आशङ्का गरिएको थियो । स्थानीय समयअनुसार आइतबार मध्यरातमा हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट लन्च गरेको थियो । मध्य पूर्वमा हिंसा भड्किरहँदा जोर्डन, क्यानडालगायत देशहरूले पनि आ–आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न चेतावनी दिइरहेका छन् । #अमेरिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ जेल चलान भए रवि लामिछाने ५ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ६ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ७ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ८ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन